site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइँदै

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदै छ ।

मंगलबार बिहान मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएकाहरूको शव पोष्टमार्टमको लागि काठमाडौं ल्याइँदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन र पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको थियो । शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्