site stats
बाह्रखरी :: Baahrakhari
देश
अभद्र व्यवहार गर्ने सात प्रहरीलाई महानगरले जागिरबाट हटायो, पाँच निलम्बित
फाइल तस्बिर।

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

सो क्रममा सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । त्यस्तै, स्थायी सेवामा रहेका पाँचजनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

Argakhachi Cement Island Ad

“अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ, हाम्रो ब्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ,” पाण्डेले भने ।

जनस्तरका आएका गुनासाहरुको समेत अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरिएको पाण्डेको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्