site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन
फाइल तस्बिर।

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको छ ।

उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।

गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)को तर्फबाट रिट दायर गरिएको थियो ।

कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा हालै नियुक्त भएका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

आइतबार रिटमा प्रारम्भिक सुनुवाइको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको थियो । उक्त पेसी हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्