site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीखोलानजिक पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलानजिक शनिबार सुक्खा पहिरो खसेको छ । पहिरोका कारण बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार शनिबार अपराह्न ४ बजेतिर पहिरो खसेको हो । पहिरो पन्छाउन केही समय लाग्ने सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्