site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मिसकल दिने ग्राहकले ३०० रुपैयाँसम्मको क्यासब्याक पाउने

काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासब्याकको अफर ल्याएको छ । 

असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले ३०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिनासाथ क्यासब्याकका लागि योग्य हुने कम्पनीले जनाएको छ ।  जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले ३०० रुपैयाँसम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएसमार्फत ग्राहकवर्गलाई सुचित गराइनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ गते शनिबार गर्न पाउने कम्पनीले बताएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्