site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनार र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्