site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुपाल्चोक, दोलखा र सोलुखुम्बुमा भारी वर्षा, बिहानसम्म सतर्क रहन आग्रह
प्रतीकात्मक तस्बिर

काठमाडौं । सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुलगायत स्थानमा भारी वर्षा भएको छ । 

सिन्धुपाल्चोकको नाकोटे, गुम्थाङ, दोलखाको रिखु, लामाबगर, सिंगटी, जिरी तथा सोलुखुम्बुको सिरूवा र आसपासका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । 

उक्त जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बाढी आउनसक्ने साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्