site stats
बाह्रखरी :: Baahrakhari
देश
बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा आज बहस पैरवी नगर्ने

काठमाडौं । नेपाल बार एशसिएशनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । अधिवक्ता अमिर लामिछाने पक्राउको विरोधमा नेपाल बारले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको हो । 

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने भने रिहा भइसकेका छन् । 

कर्मचारी कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा नभए देशभर बहस नगर्ने बारको चेतावनी

देशभरका अदालतका कर्मचारीले आइतबार तीन घण्टा काम नगरी विरोध जनाएपछि नेपाल बारले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा आज (सोमबार) बहस पैरवी नगर्ने घोषणा गरेको थियो ।

ललितपुर बार एशोसिएसनले ललितपुर जिल्ला अदालत अगाडि आज बिहान ११ बजे विरोधसभा आयोजना गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्