site stats
बाह्रखरी :: Baahrakhari
देश
नापी कार्यालय मनमैजुका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं । नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उपरकोटीविरुद्ध जग्गा कित्ताकाट गर्ने क्रममा एक लाख ७५ हजार घुस लिएको दाबीसहित मुद्दा दायर गरेको हो । 

Argakhachi Cement Island Ad

उनलाई रिसवत लिन सहयोग गर्ने लेखापढी व्यवसायी अभिषेक कार्कीविरुद्ध पनि मुद्दा दायर भएको छ । 

अख्तियारले उपरकोटी र कार्कीलाई जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीबाट घुस माग गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो । उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको दाबी छ । 

उपरकोटी र कार्कीविरुद्ध अख्तियारले जनही एकलाख ७५ हजार बिगो र ६ महिनासम्म कैद सजाय माग गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्