site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनताप्रति उत्तरदायी र जवाफदेही हुन सभामुखको आग्रह
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताप्रति उत्तरदायी र जवाफदेहितालाई पथ प्रदर्शकको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 

संसद् दिवस २०८० को अवसरमा शुभकामना दिँदै उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको बताएका छन् । 

“राजनीतिक दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ,” उनले भनेका छन्, “त्यसैले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्छु ।” 

357641921_6266127756815772_1434587687842347461_n1688175703.jpg

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्