site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई ६ मुख्यमन्त्रीको १७ बुँदे साझापत्र (पूर्णपाठ)

काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्रसहित कारबाहीका लागि अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशको पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले साझापत्र तयार गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधनमा जोड दिइएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका मुख्यमन्त्रीले साझापत्रमार्फत प्रधानमन्त्रीलाई आवश्यक कारबाहीको अनुरोध गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार शनिबार बिहान अन्तरप्रदेश परिषद् बैठकमा साझापत्रमा रहेका एजेन्डामाथि थप छलफल हुनेछ ।

No description available.No description available.

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्