site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)ले दिएको समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको छ ।
 
एमाले संसदीय दलले विश्वासको मत माग्ने निर्णय गर्दै यसका लागि सबै दललाई सघाउन आग्रह गरेको छ । दलको बैठकले सहमतिको सरकार बनाउन आह्वान  गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरवण भण्डारीले बताए । 

उनले भने, “प्रदेशलाई अस्थिरताबाट जोगाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूलाई सहमतिको सरकार बनाउन आग्रह गरेका छौं ।”

मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्राप्त गर्न कार्कीलाई ४७ मत आवश्यक छ । 

एमालेका ४० र राप्रपाका ६ सांसद उनको साथमा छन् । गठबन्धनतर्फ कांग्रेसका २९, माओवादी केन्द्र १३, नेकपा (एकीकृत समाजवादी) ४ र जसपा १ सांसद छन् । तीमध्ये सभामुख माओवादीबाट छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्