site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखानबाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नगद ६ लाख रुपैयाँ र दुई हजार चिनिया युआनसहित दुई जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफांग रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुरूले गैरकानुनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २३:३७
प्रतिक्रिया दिनुहोस्