site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हिमाल र पहाड रित्तिँदै गएकोमा सभामुख चिन्तित
फाइल तस्बिर।

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा ‘राष्ट्रिय जनगणना २०७८’ को अन्तिम नतिजा ग्रहण गर्दै सभामुख घिमिरेले तथ्यांकअनुसार हिमाल र पहाड रित्तिँदै जानु र तराईलगायत सहरी क्षेत्रमा जनघनत्व बढ्नुले सामाजिक र राजनीतिक दुवैतर्फ असर पर्ने बताए ।

राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने भएकाले यसका आवश्यकता बढ्दै गएको उनले जिकिर गरे ।

सभामुख घिमिरेलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्