site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन : आपतकालीन उपचारका लागि तयार रहनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको संक्रमण पनि बढ्ने खतरा रहेकोले आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन उनले निर्देशन दिए । साथै, स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण पनि तयारी अवस्थामा राख्न पनि मन्त्री बस्नेतको निर्देशन छ ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री बस्नेतले भने, “आपतकाल कति बेला आउँछ, अन्दाज गर्न सकिँदैन । हरेक वर्षजसो बाढीपहिरो आइरहेकै हुन्छ, त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौँ भने उपचार सेवाबाट बञ्चित हुनु पर्ने अवस्था रहँदैन ।”

हाल बाढीपहिरोको सम्भावित क्षेत्रहरुमा औषधि पठाइसकेको पनि मन्त्री बस्नेतले जानकारी बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्