site stats
बाह्रखरी :: Baahrakhari
देश
हिसानको शैक्षिक मेला नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)लाई शैक्षिक मेला गर्न बाटो खुलेको छ ।

बुधबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको इजलासले महानगरलाई मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

एसईईको नतिजा नआउँदै ‌कक्षा ११ र १२ का लागि विद्यार्थी भर्ना गर्ने उद्देश्यले शैक्षिक मेला गरेको भन्दै काठमाडौं महानगरपालिकाले रोक लगाएको थियो  ।

महानगरको कदमविरुद्ध हिसानले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरेको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्