site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चा घोषणामा प्रचण्डले भने– नेकपा बनाउँदा पार्टी एकतामा हतारो पो गरेछौँ कि ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एकता तोडिनुमा कसैलाई दोष नलगाउने बताएका छन् । उनले एकता किन टिक्न सकेन भनेर गम्भीर आत्मसमीक्षा भने गर्नुपर्ने बताए ।

“म आजको दिनमा हिजो नेकपाको एकता किन टिक्न सकेन भनेर कसैलाई आरोपित गर्न चाहन्न । तर, सबैले गम्भीर आत्मसमीक्षा भने गर्न आवश्यक छ,” प्रचण्डले भने, “हिजो हामीले अहिलेजस्तै मोर्चा घोषणाको साटो हतारमा पार्टी एकता त गरेनौ ?” उनले यसरी नै मोर्चा भएको भए आआफ्नो दलको स्वतन्त्रता कायम राख्दै पार्टीगत स्वतन्त्रता उपभोग भएको भए नेकपा विभाजित भएर विघटनको बाटोमा नजाने उनको भनाइ थियो ।

Argakhachi Cement Island Ad

उनले समाजवादी मोर्चाले समाजलाई नयाँ युगतिर लैजाने उद्धेश्य र योजनासहित समाजवादी मोर्चा गठन भएको भन्दै हिजो हतारमा एकता गरेर एकता टिकाउन नसकेका सबै राजनीतिक पार्टीलाई गम्भीर समीक्षा थाल्न आग्रह गरे । उनले अन्य बामपन्थि, प्रगतिशील र परिवर्तनकामीहरूलाई मोर्चामा गोलवबद्ध हुन आह्वान गरे ।

उनले हिजोको एकता जोगाउन नसक्नुको जिम्मेवारी आफूले पनि लिनुपर्ने भन्दै आफूले हिजोका गल्तीबाट सिकेको बताए ।

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्