site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मधेस बजेट : चालुतर्फ १८ अर्ब २१ करोड, पुँजीगततर्फ २५ अर्ब ६९ करोड

काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जसमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख, पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख र वित्तीय व्यवस्थापनतर्फ २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आन्तरिक राजस्वबाट चार अर्ब ३७ करोड एक लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ११ अर्ब तीन करोड १९ लाख र समानीकरण अनुदानबाट सात अर्ब ४१ करोड ५० लाख रुपैयाँ, चालु आर्थिक वर्ष विनियोजन बजेटबाट बचत हुने नगद मौज्दात १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, सशर्त अनुदानबाट प्राप्त चार अर्ब ५६ करोड ८५ लाख रुपैयाँ परिचालन गरिने पनि बताइएको छ ।

तर, प्राप्त स्रोतबाट दुई अर्ब न्यून हुने देखिएकोले त्यसलाई आन्तरिक ऋण परिचालन गरिने बताइएको छ ।

पूर्णपाठ

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्