'भीआईपी'हरू सुन्धारा जेल चलान (तस्बिरहरू)
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशपछि १६ जना कारागार चलान भएका छन् ।
दुई साताको थुनछेक बहसपछि जिल्ला अदालतले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
जसअनुसार खाँण र रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन कारगार चलान भएका हुन् ।
उनीहरू केन्द्रीय कारागार सुन्धारा रहने छन् ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

1686922869.jpg)
1686922868.jpg)
1686922865.jpg)
1686922865.jpg)
1686922862.jpg)
1686922862.jpg)
1686922859.jpg)
1686922859.jpg)
1686922856.jpg)
1686922855.jpg)
1686922852.jpg)
