site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खर्च कटौती नै गर्ने भए गोरखा, डडेलधुरा र नुवाकोटको बजेट कटौती गरौँ : चित्रबहादुर केसी 
फाइल तस्बिर ।

काठमाडौंं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारले बजेटमा सांसदहरूलाई पक्षपात गरेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा तीनजनाको भागमा ५१ प्रतिशत र बाँकी अरूको भागमा छुट्याइएको बताए । 

“५१ प्रतिशत बजेट तीनजनाको भागमा, बाँकी अरू सांसदको क्षेत्रमा । यस्तो भेदभाव, यस्तो पक्षपात, यस्तो बजेटमाथि के छलफल गराइरहेको सम्माननीय सभामुखज्यू,” उनले भने, “यस्तो बजेटमाथि छलफल गराउनुको औचित्य छ ?”

केसीले खर्च कटौती नै गर्ने भए गोरखा, डडेलधुरा, नुवाकोटको बजेट कटौती गर्नुपर्ने बताए । 

“खर्चै कटौती गर्ने भए गोरखा, डडेलधुरा र नुवाकोटको बजेट कटौती गर्नुपर्छ । अरू बाँकीले आफ्नो क्षेत्रमा के भन्न जाने ?,” उनले सोधे । 

केसीले बजेट बनाउँदा 'डाडुपन्यु भएकै हात जगन्नाथ' भएको भन्दै कटाक्ष गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्