site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा शपथ

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले शपथ लिएका छन् ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उनलाई शपथ गराए ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि, आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।

मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्