site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विमान दुर्घटनामा हराएका बालबालिका ४० दिनपछि जीवितै फेला

बोगोटा । विमान दुर्घटना परी हराइरहेका चार बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् ।

ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जीएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।

बालबालिकालाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ । रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्