site stats
बाह्रखरी :: Baahrakhari
देश
बालबालिकालाई श्रममा राखे कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकालाई श्रममा नराख्न आग्रह गरेको छ । कानुनले १४ वर्ष मुनिका बालबालिकालाई कुनै पनि प्रकारको बालश्रममा लगाउन नपाइने जनाएको छ । १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन प्रतिबन्ध गरेकाले कानुनको पालना गर्न महानगरले आग्रह गरेको छ । 

कानुनको उल्लंघन गर्दै बालबालिकालाई श्रममा राखेको भएमा सोको जानकारी १५ दिनभित्र महानगरपालिका अन्तर्गतको सामाजिक विकास विभागलाई जानकारी गराउन महानगरले आग्रह गरेको छ । 

कानुन विपरीत रहने गरी कसैले होटेल, ग्यारेज, सवारीसाधन कारखाना आदिमा बालश्रम गराएको पाइएमा महानगरले कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत जनाएको छ । 

Capture1686013768.JPG

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्