site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर शनिबार भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१, सल्लाघारी, हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा२१च ५३०१ नम्बरको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

गाडी चालक काभ्रेको भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुरको इमाडोलमा बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । रासस
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्