site stats
बाह्रखरी :: Baahrakhari
देश
मनाङमा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

मनाङ । मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रोकेर ट्र्याक्टरमा ढुंगा लोड गर्ने क्रममा हातले विद्युत्को नांगो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए ।

“बाढीपहिराका कारण लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पुर्‍याएका रहेछन्, थप उपचारका लागि जिल्ला अस्पताल पुर्‍याउनासाथ अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्”, प्रहरी निरीक्षक कार्कीले भने । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्