site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर छ । हिजो प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्