site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै एकीकृत समाजवादीको नेता–कार्यकर्ता
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै आज दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्न लागिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सोही विषयमा एकीकृत समाजवादीका नेताले हिजो उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्