site stats
बाह्रखरी :: Baahrakhari
देश
गुडिरहेको बसमा आगलागी
Argakhachi Cement Island Ad

काठमाडौं । धादिङको धुनिवेशी–९ गणेशस्थानमा गुडिरहेको बसमा आगलागी भएको छ । बसमा सवार यात्रु भने सबै सकुशल छन् । 

जिल्लाको पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा ३३ जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बसको इन्जिनबाट धुँवा निस्किन थालेपछि बस रोकेर यात्रुलाई बाहिर निकालिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्