site stats
बाह्रखरी :: Baahrakhari
देश
राठी समूहको ‘म्यानुफ्याक्चरिङ’ उद्योगमा भीषण आगलागी 

विराटनगर । मोरङको बूढीगंगास्थित राठी समूहको म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी भइरहेको छ । आज बिहान करिब २ बजेदेखि आगलागी सुरु भएको हो ।

बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

346095013_225485940225050_7518019850377068565_n1683866275.jpg

बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । यकिन कारण खुल्न बाँकी छ । उक्त उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्ने गर्छ ।

आगो निभाउन मोरङ र सुनसरीका १२ दमकल परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली आगलागी नियन्त्रणमा लिन खटिएको डीएसपी दाहालले बताए ।

346097398_1192980765433028_7235512276045835047_n1683866294.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्