site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकसेवा आयोगको ‘डाटा’ सुरक्षित नगर्नेलाई कारबाही गर्न माग
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले लोकसेवा आयोगको परीक्षार्थीका डाटा सुरक्षित नगर्नेलाई कारबाही गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले गएको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको विषयमा त्यस्तो माग गरेकी हुन् । अहिलेसम्म डाटा रिकभर नभएर फेरि दरखास्त आह्वान गर्नु लाजमर्दो भएको उनले बताइन् ।

“युवाहरुको भविष्यसँग खेलबाड नगर्न र डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । साथै, पटक–पटक परीक्षा तोकिने र सरिरहने समस्या अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्