site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालविरुद्ध मलेसियाका कप्तान फैजको अर्धशतक 

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालविरुद्ध मलेसियाका कप्तान अहमेद फैजले ५० रन पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाका लागि कप्तान फैजले ६४ बलमा सात चौकासहित अर्धशतक पूरा गरे ।

मलेसियाले २३ ओभरको खेल सकिँदा एक विकेट गुमाएर १०० रन बनाएको छ । कप्तान फैजलाई क्रिजमा साथ दिइरहेका ओपनर विरन्दीप सिंहले २८ रन बनाएका छन् ।

Argakhachi Cement Island Ad

यसअघि, नेपालका गुल्सन झाले एक विकेट लिएका थिए ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्