site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विमान दुर्घटनापछि पोखरामा पर्यटक घटे, रद्द हुन थाल्यो 'होटेल बुकिङ'

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण पोखरामा पर्यटक घटेका छन् । एकतर्फ यो सिजनलाई ‘लो–सिजन’को रुपमा मानिन्छ । त्यसमाथि जहाज दुर्घटनापछि होटेल बुकिङ रद्द भइरहेको छन् । 

पोखराको होटेलहरुमा विमान दुर्घटना हुनुभन्दा पहिले भएका बुकिङ पनि रद्द भएका हुन् ।

रुपाकोट रिसोर्टमा विमान दुर्घटनापछि मात्रै ५० लाख रुपैयाँ बराबरको भारतीयहरुको बुकिङ रद्द भएको रिसोर्टका सञ्चालक पुष्प अधिकारीले बताए । विमान दुर्घटना हुनुभन्दा पहिले विदेशी पर्यटकले गरेको होटेलको बुकिङ रद्द गरिरहेका अधिकारीले बताए । 

Argakhachi Cement Island Ad

निदान्त ईएनटी सुपरस्पेसालिटी क्लिनिकका डक्टरहरुले तीन दिनको लागि रुपाकोट रिसोर्ट बुकिङ गरेका थिए । उक्त बुकिङ ३० हजार डलरको थियो । तर, विमान दुर्घटनापछि उक्त बुकिङ रद्द गरेका भयो । यस्तै, अन्य थोरै रकमका बुकिङहरु पनि केही दिनदेखि धामधम रद्द भएको रिसोर्ट सञ्चालक अधिकारीले बताए ।

यस्तै, अन्य कम्पनी तथा व्यक्तिहरुले गरेको होटेल बुकिङ पनि रद्द गर्दा अहिलेसम्म ५० लाखभन्दा बढी रकम गुमाउनु परेको अधिकारीले बताए ।

नयाँ वर्ष सकिएसँगै पर्यटक घटेका छन् । जनवरी महिना ‘लो–सिजन’मा पर्छ । पोखरा साहसिक पर्यटकीय गन्तव्यमा पर्छ । अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्पलगायत विभिन्न क्षेत्रमा हाइकिङ, टे«किङ जाने पर्यटक धेरै हुन्छन् । हिउँ पर्ने सिजन भएको कारण जनवरीमा अन्य सयमकोभन्दा कम पर्यटक हुन्छन् ।

हिउँ पर्ने समय भएको कारण लामो ट्रेकिङमा जाने अवस्था नभएको कारण पोखरा आउने पर्यटक घटेको होटेल एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ मा ६ लाख पर्यटन बाह्य पर्यटन नेपालमा आएका थिए । सबैभन्दा धेरै पर्यटक अक्टुबरमा ८८ हजार ५८२ आएका छन् । सबैभन्दा कम जनवरी महिनामा १६ हजार पर्यटक नेपालमा आएका छन् । 

यस वर्षमा पनि अंग्रेजी नयाँ वर्ष मनाउँदा पोखराको होटेलमा अकुपेन्सी राम्रै रहेको पोखराका व्यवसायीहरु बताउँछन् ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये पोखरा कति पर्यटक जान्छन् भन्ने अहिलेसम्म यकिन तथ्यांक त छैन । तर, ४०÷४५ प्रतिशत पोखरा जान्छन् भन्ने आकलन रहेको अध्यक्ष सुवेदीले बताए ।

“यस सयममा यो वर्षमात्र नभएर कोभिडभन्दा अघि पनि विदेशी पर्यटक एकदमै कम थियो । हिउँ पर्ने हुँदा टे«किङ, बेश क्याम्प जाने पर्यटक कम हुन्छन् । जसले गर्दा यो सयममा पोखरामा कम पर्यटक आउँछन्,” सुवेदीले भने ।

यो सिजनमा पोखरा घुम्नेमध्ये धेरै जसो विध्यार्थीहरु हुने सुवेदी बताउँछन् । उनले भने “यो समयमा विदेशीमात्र नभएर स्वदेशी पर्यटक पनि कम हुन्छन् । अहिले पोखरा आउने भनेको धेरै  विध्यार्थीहरु हुन्छन् ।”

अकुपेन्सी १० प्रतिशत मात्र 

पोखरामा करिब एक हजार २०० होटेल रहेका छन् । जहाँ ४० हजार बेड संख्या रहेको हान पोखराका अध्यक्ष सुवेदीले बताए ।

यो सिजनमा पोखराको होटेलहरुमा १० देखि १५ प्रतिशत अकुपेन्सी रहेको अध्यक्ष सुवेदीले बताए । फेब्रुअरी महिनाको अन्तिमदेखि पुनः पर्यटक बढ्ने सुवेदीको दाबी रहेको छ ।

“यसअघि पनि जनवरीमा कम पर्यटक पोखरा आउने गरेका छन् । अघिल्लो वर्षलाई हेर्दा फेब्रुअरी महिनाबाट पोखरामा पर्यटक आगमन बढ्ने गरेको छ । यस वर्षको आकलन पनि त्यही छ,” उनले भने । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्