site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले डिल्लीबजार कारगारमै गएर भेटे रेशम चौधरीलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिल्लीबजार कारगारमा रहेका रेशम चौधरीसँग भेटवार्ता गरेका छन् । 

सुदूरपश्चिमबाट निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उदय भएसँगै प्रचण्ड चौधरीलाई भेट्न डिल्लीबजार कारगारमै पुगेका हुन् ।

चौधरी कैलालीको टीकापुर हत्याकाण्डमा कैद सजाय पाएका अभियुक्त हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी संयोजक रञ्जीता श्रेष्ठ कैलालीबाट प्रतिनिधिसभामा निर्वार्चित भएकी छन् । उनी पार्टीकी प्रमुखसमेत हुन ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभाका दुई सिट जितेको छ । बर्दीयामा उनका बुबाले स्वतन्त्रबाट प्रतिनिधिसभामा जित निकालेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा पनि तीन सिट जितेको छ ।

डिल्लीबजार कारगारमा प्रचण्डले चौधरीसँग ३० मिनेटजति संवाद गरेको स्रोतले पुष्टि गरेको छ । भेटमा उनले सरकारलगायत अन्य विषयमा सहकार्य गर्न चौधरीलाई प्रस्ताव गरेको बताइएको छ ।

प्रचण्ड र चौधरीको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । भेट साँझ साढे ६ बजे भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:१९
प्रतिक्रिया दिनुहोस्