
विराटनगर । विराटनगरस्थित आदर्श विद्यालयमा मोरङको निर्वाचन क्षेत्र नम्बर–४, ५ र ६ को मतगणना भइरहेको छ । मतगणना अपेक्षा गरिएभन्दा निकै सुस्त गतिमा चलिरहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गरेर ताजा मतपरिणाम सुनाइरहेको छ । कार्यालयले सोमबार पाँच घण्टामा परिणाम सुनाउँदै आएको थियो । मंगलबार भने छिटोमा तीन घण्टाको फरकमा परिणाम सार्वजनिक छ ।
आदर्श विद्यालयबाहिर भेटिएका नितेश साहले भने, “हामी माइकिङ गर्ने समय कुरेर बस्ने गरेका छौँ ।”
जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले सकेसम्म चाँडै परिणाम सार्वजनिक गर्ने तयारी भए पनि गणनालाई गति दिन नसकिएको बताए । उनले भने, “धेरै क्षेत्रको मतपत्र सर्टिङ भइसकेको छ । गणनामा खटिएका कर्मचारीले दलका प्रतिनिधिलाई पनि मतपत्र देखाउँदै टिपोट गर्नुपर्छ । केही समय लाग्छ ।”
अहिलेसम्म मोरङ क्षेत्र नम्बर–४ को करिब १५ हजार मतगणना भएको छ । मोरङ–५ को १५ हजार मतगणना भएको छ । मोरङ–६ मा १० हजार मतगणना गरिएको छ ।
थप तस्बिर हेर्नोस्–