site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
घरदैलोमा रवीन्द्र मिश्र– किताब दिँदै, भोट माग्दै

काठमाडौं । “नमस्कार, म रवीन्द्र मिश्र । मैले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएको छु । हलो चुनाव चिह्नमा भोट हालेर सहयोग गरिदिनुहोला । अब संसद्मा योग्य र क्षमतावान व्यक्ति पुग्नुपर्‍यो ।” 

मंगलबार बिहान चुनावी घरदैलोका क्रममा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमेदवार मिश्रले मतदातालाई यसै भनेर मत मागिरहेका थिए ।

“तपाईं यही क्षेत्रको मतदाता हो ?,” घरको गेटमा उभिएका एकजनालाई उनी प्रश्न गर्छन् ।

Argakhachi Cement Island Ad

"हो, हजुर," ती व्यक्तिले जवाफ दिन्छन् । 

“त्यसो भए, यो किताब हजुरलाई दिएँ है,” कभरमा ‘विचारभन्दा माथि देश’ लेखिएको किताब ती व्यक्तिको हातमा थमाउँछन् । 

Rabindra Mishra (1)1668524605.jpg

एक समूहको बिचमा सेताम्मे कपाल, निधारमा रातो टीका । हँसिलो मुहार । साथमा किताब र ब्यानर बोकेर मंगलबार  बिहान बबरमहलस्थित कर कार्यालयबाट मिश्रको घरदैलो अभियान सुरु हुन्छ । 

कुनै मान्छे भेटिएपछि उनी सोध्थे– तपाईं यही क्षेत्रको मान्छे हो नि ? 

'हो' भन्ने जवाफ आएपछि उनी आफूले लेखेको किताब हातमा थमाउँथे र भोट माग्ने । 

उनको घरदैलो अभियानलाई अभिनेत्री मनीषा कोइरालाले धोबी खोलासम्म साथ दिइन् । मिश्रको बिहानी सत्रको घरदैलो कार्यक्रम शंखमुलको होप मार्टसम्म पुगेको थियो । 

Rabindra Mishra (4)1668524601.jpg

आफूसँग भेटिने मतदातासँग उनले भ्रष्टाचार नगर्ने, सुशासन कायम गर्ने, युवालाई देशमा रोजगारीसहितका वाचा गरिरहेका थिए । भोट माग्ने क्रममा उनी मतदातासँग भन्थे– सबैले गर्व गर्न लायक देश बनाउन लागिपर्छु ।

उनी देशको विकास र आउने पुस्ताका लागि सोचेर यसपटक मन र मत बदल्न मतदातासँग आग्रह गरिरहेका थिए । 

“यसपटक सक्षम, योग्य र क्षमतावान उमेदवारलाई संसद्मा पुर्‍याउने समय आएको छ । पटक–पटक रुखलाई, सूर्यलाई र हसियाँ हथौडालाई भोट हाल्नुभयो । खै के परिवर्तन भयो ? विकास कहाँ भयो ? त्यसैले अब आफ्नो पुस्ताको भविष्य सोचेर भोट हाल्नुस्,” उनी मतदातासँग भन्दै थिए । 

Rabindra Mishra (5)1668524601.jpg

मतदातालाई किताब दिँदै उनी भनिरहेका थिए, “यसपटक पनि भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रको उद्धेलन, रोजगारी सिर्जनाका लागि मैले उमेदवारी दिएको छु । लौ यसपटक अलि सहयोग गर्नुर्‍यो । सबैलाई भन्दिनुपर्‍यो ।” 

बाह्रखरीसँगको कुराकानीका क्रममा मिश्रले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । आफूलाई यस क्षेत्रका अधिकांशको साथ रहेको उनको जिकिर छ । 

Rabindra Mishra (3)1668524598.jpg

आफू उमेदवारी दिएकामध्ये राम्रो र योग्य उमेदवार भएको उनको दाबी छ । अब मतदाताले पार्टी नभएर व्यक्ति हेर्ने भएकाले आफू अरू उमेदवारभन्दा योग्य रहेको उनले बताए । 

"व्यक्तिको पृष्ठभूमि हेर्दा इमान्दार, क्षमतावान, योग्य, पढे/लेखेको, अन्तर्राष्ट्रिय भू–राजनीति, देशविदेश, अर्थ–राजनीति, विकासका विषयहरू बुझेको र भ्रष्टचार न्यूनीकरण र सेवा प्रवाह कसरी बढाउने भन्ने विषयमा बुझेको उमेदवार म नै हुँ," उनले भने, "यो कुरा यहाँका मतदाताले पनि बुझेका छन् ।"

Rabindra Mishra (2)1668524598.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्