site stats
बाह्रखरी :: Baahrakhari
विशेष
छठका लागि जनकपुरधाममा यसरी सिँगारियो पोखरी (तस्बिरहरू)

जनकपुरधाम । छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

सिँगारियो पोखरी
छठका लागि जनकपुरधामका गंगा सागर, अरगजा सागर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, रतन सागर, गोसाइकुण्डलगायत दर्जनौँ पोखरीहरू सिँगारिएको छ । पण्डाल र विद्युतीय बत्तीले सजाइएको छ ।

Argakhachi Cement Island Ad

जनकपुरधाममा पछिल्ला केही वर्षदेखि छठघाटमा ठाउँ अभाव हुन थालेको छ । ठाउँ नपाउने चिन्ताले श्रद्धालुहरू एक दिनअगावै छठघाटमा पुग्ने गरेका छन् । गंगा सागर अधिकांश श्रद्धालुको रोजाइमा परेको देखिन्छ ।

तीन करोडको केरा भित्रियो
छठ पर्वका लागि जनकपुरधाममा तीन करोड रुपैयाँबराबरको केरा भित्रिएको छ । सूर्यदेवलाई अर्घ्य चढाउन तीन करोड मूल्यबराबरको केरा मगाइएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष दुई करोड बढीको केरा जनकपुरधाममा भित्र्याइएको थियो ।

यो वर्ष झन्डै ६० ट्रक केरा जनकपुरधाममा ल्याइएको छ । जनकपुरधाममा सबैभन्दा बढी सप्तरी र सुनसरीबाट केरा भित्र्याइएको छ । केही मात्रामा चितवन र भारतबाट पनि केरा मगाइएको जनाइएको छ ।

थप तस्बिर हेर्नोस्–

kdfmkg1667103280.jpg

151667103278.jpg

kdfmdg1667103278.jpg

141667103276.jpg

121667103275.jpg

111667103274.jpg

101667103273.jpg

91667103272.jpg

81667103271.jpg

61667103269.jpg

71667103269.jpg

41667103266.jpg

51667103266.jpg

31667103264.jpg

21667103264.jpg

131667103246.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्