site stats
बाह्रखरी :: Baahrakhari
विशेष
महोत्तरीको हिन्दु-मुस्लिम झडप प्रकरणमा आठबुँदे सहमति, कर्फ्यु कायमै

जनकपुरधाम । महोत्तरीमा बिहीबार भएको हिन्दु–मुस्लिम झडप प्रकरणमा आठ बुँदे सहमति भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वपक्षीय बैठकले शान्ति कायम गर्न आठबुँदे निर्णय गरेको हो ।

भंगहा नगरपालिका ८ पररियास्थित हिन्दु वाहिनी सम्राट सेनाले निकालेको कलश यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । सोही विवाद साम्य पार्न त्यहाँ कर्फ्यु लगाइएको छ । कर्फ्यु कायमै रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार बैठकमा घटनामा संलग्न दोषीको खोजी गरी कानुनी दायरामा ल्याउने सहमति भएको छ । दुवै पक्षको असमझदारीका कारण विवाद उत्पन्न भएको निर्णयमा उल्लेख गरिएको छ । 

आम नागरिकलाई शान्ति कायम राख्न आह्वान गर्ने, घटनामा भएको जनधनको क्षतिको विवरण संकलन गरी क्षतिपूर्तिको सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचार खर्चका लागि आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयमार्फत नेपाल सरकारमा अनुरोध गर्ने निर्णयसमेत गरिएको उनले बताए ।

घटनाको छानबिनको लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयसँग अनुरोध गर्ने, परिस्थितिलाई काबुमा राख्ने तथा सामाजिक सद्भाव कायम गर्न सदभाव ¥याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा क्रियाशील राजनीतिक पार्टी र समाजिक अगुवा रहने सर्वदलीय÷सर्वपक्षीय संयन्त्रले गर्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्