site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
तस्बिरमा महानवमी

काठमाडौं । नवरात्रको आज नवौँ दिन, दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । 

महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको थियो । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

Argakhachi Cement Island Ad

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्