site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
यसरी भित्र्याइयो दसैँ घरमा फूलपाती  (तस्बिरहरू)

काठमाडौं । हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको छ । आइतबार नेपालीहरूको महान चाड बडा दसैँ अन्तर्गत फूलपातीको अवसरमा कमलादी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दसैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दसैँ घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष
लगायतको उपस्थितिमा फूलपाती बढाइँसमेत गरेको थियो ।

Argakhachi Cement Island Ad

बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो ।

Phoolpati Fulpati (2)1664710555.jpg

Phoolpati Fulpati (1)1664710555.jpg

Phoolpati Fulpati (3)1664710556.jpg

Phoolpati Fulpati (4)1664710557.jpg

Phoolpati Fulpati (6)1664710558.jpg

Phoolpati Fulpati (5)1664710558.jpg

Phoolpati Fulpati (7)1664710559.jpg

Phoolpati Fulpati (9)1664710560.jpg

Phoolpati Fulpati (8)1664710560.jpg

Phoolpati Fulpati (10)1664710561.jpg

Phoolpati Fulpati (12)1664710562.jpg

Phoolpati Fulpati (11)1664710562.jpg

Phoolpati Fulpati (13)1664710563.jpg

Phoolpati Fulpati (14)1664710564.jpg

Phoolpati Fulpati (15)1664710565.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्