site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खुल्यो रसुवागढी नाका, आजै १४ वटा कन्टेनर नेपाल भित्रने
फाइल तस्बिर।

काठमाडौं । कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल भ्रमण आएका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपतिसँगको भेटवार्तामा रसुवागढी नाका खोल्ने बताएका थिए । त्यसलगत्तै रसुवागढी नाका सञ्चालन हुने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको थियो ।

Argakhachi Cement Island Ad

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका आजदेखि खुल्ला भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले जनाकारी लिए । नाका खुलेसँगै बिहीबार १४ वटा कन्टेनर नेपालतर्फ आउने मैनालीले जनाकारी दिए ।

नाका बन्द भएपछि सामान बोकेका कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका थिए । जसले गर्दा व्यापारीहरुले दसैँको लागि सामान आयात गर्न पाएका थिएनन् । पहिलो चरणको लकडाउनयता लामो समय नाका ठप्प भएको  थियो । त्यसपछि खुलेको भन्सारबाट साउन २५ गतेसम्म दैनिक सात वटा कन्टेनर नेपालतर्फ आउने गरेको थियो । 

दसैँैको सामान पठाउने जानकारी आएको भन्सारका प्रमुख मैनालीले जनाकारी गराए । “कहिलेसम्म खुला गर्ने भन्ने विषयमा हामीलाई जानकारी गराइएको छैन । आजदेखि खुला गर्ने र आजै १४ वटा कन्टेनर नेपाल पठाउने भन्ने जानकारी आएको छ,” भन्सार प्रमुख मैनालीले भने ।

“नाका कहिलेसम्म खुला गर्ने भन्ने कुरा अनिश्चित छ । नाका खुला गर्ने भन्नेमात्र हामीलाई जानकारी आएको छ,” उलने भने, “तर, कहिलेसम्म खुला हुने भन्ने विषयमा हामीले कुनै पनि सूचना आएको छैन ।”

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्