site stats
बाह्रखरी :: Baahrakhari
देश
कास्कीको घलेखर्क क्षेत्रमा भारी वर्षा, बिहानैसम्म उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । कास्कीको घलेखर्क वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सोमबार राति ९ बजेतिर गरिएको मापनमा पछिल्लो तीन घण्टा घलेखर्क आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसले गर्दा घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने ‍भएकाले मंगलबार बिहानैसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साथै ती क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने चेतावनीसमेत दिइएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २१:५०
प्रतिक्रिया दिनुहोस्