site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

काठमाडौं । कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । उनी संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । 

खुला उपाध्यक्षमा लम्साल प्यानलका नकुल अर्याल निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमै अर्को कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा निर्वाचित भए । कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भए । 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्