site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आयोगको निर्देशन– मतदानस्थल र मतदानकेन्द्र पुनरवलोकन गरी पायक पर्ने स्थान सिफारिस गर्नू

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्र पुनरवलोकन गरी पायक पर्ने स्थान सिफारिस गर्न निर्देशन दिएको छ ।

मतदानस्थल र मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आगामी भदौ ७ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

आज मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण समन्वय समितिको बैठकले आवश्यक पूर्वाधारसहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदानकेन्द्र निर्धारण गरी पुनरावलोकन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

बैठकले यसबारे आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन नेपाल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएका छलफलमा राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई निर्देशन दिन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई पत्राचार गर्ने निर्णय पनि भएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्