site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

कारागार विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले सभाहलमा बहुमत सदस्य भए नभएको निर्क्यौल गर्न सभामुखसँग आग्रह गरेका थिए । 

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्न निर्देशन दिएका थिए । गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो  ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्