site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘पीजी’को लाइसेन्स परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण 

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेषज्ञहरूको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८.६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

४७४ जना सहभागी भएको परीक्षामा ३२५ परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । यसअघि, गएको माघमा भएको विशेष परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

शनिबार पुल्चोकस्थित इन्जिनिरयरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षामा ४५ विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरू सहभागी थिए । नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्