site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा नेपालनिकटले निकाले राँके जुलुस

काठमाडौं । राप्रपा नेपालसम्बद्ध जनवर्गीय संगठनहरूले नागरिकता विधेयकप्रति विरोध जनाएका छन् । संसद्बाट पारित नागरिकता विधयेकका बुदाँहरू विवादास्पद, अनुचित र राष्ट्रहितविपरीत भएको भन्दै विरोध गरिएको हो ।

विधेयकको विरोधमा उक्त पार्टीसम्बद्ध युवक, विद्यार्थीले शनिबार बेलुका काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेका छन् । विवाह गरेर आएका विदेशीलाई समयसीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने उनीहरूको माग छ ।

विशालगरबाट सुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी, चिनियाँ दूतावास हुँदै बालुवाटार पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्