site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा २० देखि २५ सिट ल्याउँछौँ : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फु मात्र बजाएर बस्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको डम्फु बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिए । आउँदो मंसिर पहिलो साता हुने गरी आम निर्वाचनको घोषणा हुने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

गएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी सुदृढ नभएको र सत्तारूढ अरू दलहरूले सहयोग पनि नगरेको उनले बताए । आउँदो निर्वाचनमा एकीकृत समाजवादीले २० देखि २५ सिट ल्याउने जिकिर समेत उनले गरे ।

स्थानीय निर्वाचनमा २८ प्रतिशत उमेदवारी दिँदा नौ लाख २७ हजार भोट पाएको भन्दै उनले सबै ठाउँमा उमेदवारी दिएर आउँदो निर्वाचनमा जाँदा समानुपातिकसहित प्रतिनिधिसभामा आफ्नो पार्टीले २० देखि २५ सिट ल्याउने दाबी गरे । उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीले आउँदो निर्वाचनमा कम्तीमा १२ सिट जित्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले छोटो समयमै आफ्नो पार्टीले सुदृढ भएर नयाँ कीर्तिमान कायम गरेको समेत बताए ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्