site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नारायणकाजीले भने– गठबन्धनमा कांग्रेसले बलजफ्ती गर्‍यो, राष्ट्रिय मुद्दामा यो स्वीकार्य हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनमा बलजफ्ती गरिरहेको बताएका छन् । यद्यपि, यो सँधै स्वीकार्य नहुने पनि उनले स्पष्ट पारेका छन् । 

“नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्,” राष्ट्रियसभाका सांसद समेत रहेका श्रेष्ठले भनेका छन्, “हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन ।”

Argakhachi Cement Island Ad

नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रिया र वैवाहिक अंगीकृत नागरिकताको हकमा गरिएको व्यवस्था गलत भएको उनको भनाइ छ । 

नागरिकता विधेयक प्रतिनिधि सभाले राज्य व्यवस्था समितिमा पठाएको र समितिले समितिभित्र र बाहिर गम्भीर बहस गरेको उनले बताएका छन् । त्यसमा सहमति हुन नसके पछि बहुमतले वैवाहिक अंगीकृत नागरिकता महिलाको हकमा ७ वर्ष पछि दिने र तत्कालै व्यवाहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय पत्र दिने प्रावधान राखेको उनी स्मरण गर्छन् । “सात वर्षको प्रावधान हाम्रा नेपाली महिला छोरी, दिदी वहिनीहरूले विदेशी पुरुषसँग विवाह गरेकोमा छिमेकी देशहरूले ७ वर्ष पछिमात्र अंगीकृत नागरिकता दिने गरेको व्यवस्था समेतलाई ध्यान दिएर राखिएको थिया,” उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “नेपाली नागरिक महिलाले विदेशी पुरुषसँग विवाह गरेकोमा सम्बन्धित पुरुषलाई भने वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था नै गरिएको छैन ।” 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्