site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीपीको सिद्धान्त छाडेका छैनौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताएका छन् ।     नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालीसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ बीपीको पथमा हिँडिरहेको बताए । 

बीपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि बीपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ छ । 

Argakhachi Cement Island Ad

वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे ।  रासस


 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १३:२४
प्रतिक्रिया दिनुहोस्