site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटोफिचर)

काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति गर्याे । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजारभन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपाल सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आयो । घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् । भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् । राजनीतिक खिचातानिका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन विताइरहेका गरिरहनु परेको छ । सांस्कृतिक सम्पदाको हविगत पनि त्योभन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । 

रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर, राजधानीमा नै रहेका कतिपय  राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् । कतिपय भवन अभावमा कार्यालयहरू यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा  छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्लो समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिए पनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो । भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा राणाकालीन भवन भग्नावशेष बनेका छन् । 

Argakhachi Cement Island Ad

 

तस्बिर : न्युज एजेन्सी नेपाल 
 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्